नेपाली बैंकका खाता असुरक्षित ,बैंकिङ सिस्टम ह्याकभएको आशंका, अधिकांश बैंकका एटीएम चलेनन्

अर्थ समाचार

काठमाडौं

अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएमबाट पैसा निकाल्न नपाउँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । नेपाल राष्ट्र बैंकले एनआइसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ ।

एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणाली नै ह्याक गरेकाले एटीएम नचलेको प्रारम्भिक अनुमान गरिएको छ ।स्रोतका अनुसार नेप्स भन्ने संस्थाले बनाएको बैंकिङ सिस्टम १२-१५ वटा बैंकहरुले प्रयोग गरेका छन् र ती सबै बैंकहरुको एटिएम चलेका छैनन् ।

गएराति प्रहरीले एटीएमबाट पैसा चोर्दाचोर्दै पाँच जना चिनियाँ नागरिकहरुलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको थियो । एटिपमको पिन नम्बर ह्याक गरेर बैंकका अन्य ग्राहकको बैंक खाताको पैसा एटिएम बुथबाट झिक्ने आपराधिक समूहले नेपाली बैंकलाइ निशाना बनाएको पाइेको छ ।

यसरी पैसा चोर्ने चिनियाँ आपराधिक समूहका केही सदस्य शनिबार पक्राउ परेपछि नेपाली बैंकका खाता असुरक्षित भएको खुलेको हो ।