जानौ सुर्य देवको जन्म कथा र आइतवार सूर्य उपासना बिधि

धर्म दर्शन फोटो फिचर

सूर्य देवको जन्म कथा

मार्कंडेय पुराणको अनुसार पहिले यो सम्पूर्ण जगत प्रकाश रहित थियो। जब ब्रह्माको मुखबाट ‘ऊँ’ प्रकट भयो, त्यसलाई नै सूर्यको प्रारम्भिक सूक्ष्म स्वरूप मानियो र रौशनी प्रकट भयो। त्यसपश्चात भूः भुव तथा स्व शब्द उत्पन्न भयो। यो तिनवटै शब्द पिंड रूप मा ‘ऊँ’ मा विलीन भयो र सूर्य को स्थूल रूप प्रकट भयो। सृष्टिको प्रारम् मा उत्पन्न भएको कारण नै सुर्यलाइ आदित्य नामले पनि सम्वोधन गरिन्छ।

आइतबारको दिन सूर्य उपासना

आइतबारको दिन सूर्य उपासनाका लागि सबै भन्दा उत्तम मानिएको छ। यस दिन सूर्यलाइ जल चढाउदा , मंत्रको जाप गर्दा र सूर्य नमस्कार गर्दा बल, बुद्धि, विद्या, वैभव, तेज, ओज, पराक्रम र दिव्यता आउन्छ।

इनको कयौ मंत्राहरुमा एक हो ”राष्ट्रवर्द्धन’ सूक्त बाट लीएको सूर्य को दुर्लभ मंत्र-

‘उदसौ सूर्यो अगादुदिदं मामकं वच:। यथाहं शत्रुहोऽसान्यसपत्न: सपत्नहा।।

सपत्नक्षयणो वृषाभिराष्ट्रो विष सहि:। यथाहभेष्अं वीराणां विराजानि जनस्य च।।’

भगवान भास्करको पुजा

यस प्राकर गरौ सर्बप्रथम प्रात: काल स्‍नान आदी गरेर स्वछ वस्त्र धारण गरौ, शांतचित्‍त भएर परमात्मा र सूर्य देवको स्मरण गरौ। एक समय मात्र भोजन गरौ। भोजन तथा फलाहार सूर्यको प्रकाश हुदा गरौ यानि कि सुर्यास्त भए पछि नगर्ने। यदि निराहार हुदै सुय अस्त भए अर्को दिन सुर्य उदाए भने मात्र सुर्य देव लाए अर्ध्‍य दिएर मात्र भोजन गर्ने। व्रतमा नमकीन या तेलयुक्त भोजन नगर्ने अंतमा व्रत को कथा सुन्ने ।।