बिपिन कार्की को नया चलचित्र “सेल्फी किङ” को घोषणा

फोटो फिचर मनोरञ्जन

हालै मात्र नेपाल का चर्चित कलाकार बिपिन कार्की को चलचित्र “प्रशाद” ले धेरै रम्रो ब्यापार गर्नु को साथै ठुलो सफलता हाथ पार्न सफल भएको थियो र अब अाएर सोही टिम र बिपिन कार्की अर्को नया प्रोजेक्ट लाई एक साथ भएका छन। जानकारी अनुशार निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले मिलेर निर्माण गर्ने भएको चलचित्र को नाम हो “सेल्फी किङ” जस्मा बिपिन कार्की मुख्य भुमिका मा रहनेछन।

यस चलचित्र का साथै नया निर्देशक बिशाल साप्कोटा ले आफ्नो नेपाली चलचित्र मा पाईला रख्ने भएका छन। चलचित्र को कुरा गर्दा यस्मा बिपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा र अन्य कलाकार हरुको भुमिका हुने भनेकोछ।

चलचित्र चलचित्र को निर्देशन र कथा बिशाल साप्कोटा को रहेकोछ। निर्माण को जिम्मेबारी दिनेश राउत र सुवास थापा ले सम्हालेकाछन। सम्पाद को जिम्मा जीवन थापा ले लिएकाछन भने सङित सुवास भुषाल को रहेकोछ।