प्रियंकाकी कट्टर दुश्मन पाकिस्तानी अभिनेत्रीसँग निक जोनसको फोटो भाइरल

मनोरञ्जन

नयाँ दिल्ली

हालै प्रियंका चोपडाले भारतीय सेनाको प्रशंसा गर्दै एक पोस्ट लेखीन त्यसको बिरोधस्वरुप पाकिस्तानले युनिसेफलाई सद्भावना दूतको पदबाट हटाउन आग्रह गर्‍यो। एक पाकिस्तानी मन्त्रीका साथ धेरै फिल्म स्टारहरू पनि यस मागमा सामेल थिए। जसमा अभिनेत्री मेहविश हयातको नाम थियो।

तर अब प्रियंका चोपडाका पति निक जोनस र मेहविशको एउटा तस्वीर वायरल भएको छ। पाकिस्तानी अभिनेत्री मेहविशले प्रियंका चोपडाका पति निक जोनससँग यो तस्वीर इन्स्टाग्राममा शेयर गरेकी छन्।

यो तस्वीर सामने आउने बित्तिकै यो सोशल मीडियामा भाईरल भएको छ। अब बिभिन्न व्यक्ति यस तस्बिरमा रोचक कमेन्ट गरिरहेका छन। कसैले प्रियंकालाई उनको पतिको हेरचाह गरेर राख्न भनिरहेका छन भने कसैले निकलाई समालेर राख्न भनिरहेका छन ।

खासमा, युएस ओपन खेलको दौराज, मेहविशले निक जोनससंग यो फोटो खिचेकि हुन। मेहविशका अनुसार निक जोनासलाई देखेर उनी यत्ति उत्साहित भैइन कि उनी दगुर्दै उनलाई भेट्न गैइन।

फोटो शेयर गर्दैइ मेहविशले क्याप्शनमा लेखेन, “न्यु योर्कमा युएस ओपन म्याच सेमी फाइनलमा म कसलाई भेट्न दौडें उनि निक थिए । एउटा कुरा हामी दुबै कुरामा सहमत हुनेछौं कि हामी दुबै राफेल नदालको लागि चियर्स गरिरहेका थियौ।