रितिक रोशन र टाईगर श्राफको नया चलचित्र “वार” को पहिलो गित सार्बजनिक [भिडिओ]

फोटो फिचर मनोरञ्जन

एजेन्सि

केही समय अघी मात्र रितिक रोशन र टाईगर श्राफ अभिनित चलचित्र “वार” ले सर्बत्र ठुलो हल्ला मचाउदै आइरहेकोछ र यो पहिलो चोटी पनी हुन गइरहेकोछ रितिक र टाईगर एक साथ एउटै चलचित्रमा काम गर्न गइरहेकाछन। सोही चर्चित चलचित्र को पहिलो गित केही दिन अघि मात्र सार्बजनिक गरिएको छ। उक्त गितको बोल “घुङरु” रहेको छ।

“घुङरु” गित लाई अरिजित सिह र शिल्पा रावोले गाएका छन। उक्त गितमा रितिक रोशन र अभिनेत्री बानी कपुरलाई फिचर्ड गरिएको छ। गितको रचना कुमारले गरेका छन।

चलचित्रको टेक्निकल् पक्षको कुरा गर्दा यस चलचित्रको निर्माण सिद्धार्थ आनन्दले गरेका छन। निर्माण पक्ष आदित्य चोपडाले सम्हालेका छन।संगित  बिशाल शिखरको रहेको छ। चलचित्र २ ओक्टबरमा रिलिजमा हुन गइरहेको छ।

गित तलको लिन्कमा हेर्नुहोस