ब्रिटिश एयरवेज का पाईलट हरुको हडताल, ४८ घन्टा का लागी उडान हरु ठप्प

अन्तर्राष्ट्रिय फोटो फिचर समाचार

बेलायत

केही समय यता बेलायत को रास्ट्रिय बायुसेवा ब्रिटिश एयरवेज का पाईलट हरुले आफ्ना तलब सम्बन्धी कुरा हरुको माग सरकार सामु राख्दै अाईरहेका थिये र सोही प्रकरण मा आज मात्र ब्रिटिश एयरवेज का पाइलटहरुले आफ्नो माग अघाढी सार्दै आमरुप मा हड्ताल मा उत्रेका छन र सोही का कारण बेलायत बाट उड्ने ब्रिटिश एयरवेज का सबै उडानहरु रद्ध भएको जानकारी रहेकोछ।

हाल को ताजा जानकारी अनुशार पाइलटहरु को तलब को बिबाद लाई लिएर उक्त हडताल गरिएको जानकारी रहेकोछ। उक्त हडताल लाई ब्रिटिश एयरवेजको अहिले सम्म को सबै भन्द ठुलो हडताल मानिएकोछ।

बिभिन्न मिडिया लाई उद्रित गर्दै ब्रिटिश एयरवेजले दिएको जान्कारी अनुशार उक्त हडताल सोमबार देखि ४८ घन्टा लाई जारि रहनेछ जस्का कारण प्रत्यक दिन ८५० वटा उडान हरु रद्ध हुने कुरा को जानकारी पनी रहेकोछ। उक्त हडताल का कारण ब्रिटिश एयरवेजले ८० मिलियन पाउन्ड को नोक्सान हुने कुरा को जान्कारी रास्ट्रिय टेलिभिजन हरुका समाचार हरुमा भनिएकोछ। सुभाश, बेलायत बाट