विश्वकप छनोट : अन्जनको २ गोलमा चाइनिज ताइपेविरुद्ध नेपाल विजयी

खेलकुद

काठमाडौं

विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले चाईनिज ताईपेइलाई पराजित गरेको छ। ताइपेइ स्टेडियममा भएको खेलमा नेपालले चाईनिज ताईपेइलाई २–० गोल अन्तरले पराजित गरेको हो।नेपालको जितका लागि दुवै गोल अन्जन विष्टले खेलको ४ र ६२औ मिनेटमा गरेका थिए।

पाँच दिन अगाडि नेपाल, कुवेतसँग ७-० ले हार्दा विष्ट अधिकांश समय बेञ्चमा बसेका थिए । नेपालले पाँच गोल खाइसकेको अवस्थामा विमल घर्ती मगरको ठाउँमा उनी मैदान प्रवेश गरेका थिए ।

तर चाइनिज ताइपेईविरुद्ध उनी प्लेइङ ११ मा मात्र परेनन्, दुई गोल गरेर आफूलाई पुनः प्रमाणित गरेका छन् । विक्रम लामालाई बेञ्चमा राखेर उनलाई खेलाइेको थियो भने सुमन अर्याल र अजित भण्डारीको ठाउँमा रञ्जित धिमाल र दिनेश राजवंशीलाई खेलाइेको थियो ।

तीन खेलाडी परिर्वतन गरेपनि प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध जस्तै १-४-५-१ को फम्यार्टमै खेलाएका थिए ।