बुधवार दु:खनाशक गणेशलाइ प्रशन्न गर्ने पुजामा गरौ यो उपाय

धर्म दर्शन फोटो फिचर

गणेश पुजाका लागि बुधवारको दिन विशेष

गणेश जी को पुजाका लागि बुधवारको दिन विशेष मानिन्छ। यस दिन बुध ग्रहको शांतिका लागि पनि पूजा-अर्चना गरिन्छ। यदि व्यक्तिको कुण्डलीमा बुध ग्रह अशुभ स्थितिमा छ भने बुधवारको पूजा गर्दा उसको दोष को निवारण हुन्छ। यसको साथ साथै मानिन्छ कि गणेश जी को पूजा गर्नाले शनि जस्तो कठिन ग्रह सहित सबै ग्रहको दोष दूर हुन्छ।भनिन्छ कि प्रत्येक बुधवारको दिन गणेश उपासना गर्दा व्यक्तिको सुख-सौभाग्य बढ़छ, र जीवनको सबै दोश दुर हुन्छ ।

दु;खनाशक गणेश

यदि तपाईको जीवनमा धेरैनै दुख र काम बनिरहेको छैन भने तपाई बुधवारको दिन कुनै हाथीलाई गरियो चारा खुवाउ र गणेश मंदिर गएर भगवान श्रीगणेश संग दुखको निदान गर्नका लागि प्रार्थना गरौ। यसले तपाईको जीवनको दुख केहि दिनमै दूर हुनेछ। बुधवारको दिन घरमा श्वेतार्क गणपति (सेतो अंकडेको जराबाट बनेको गणपति) लाई स्थापना गर्दा सबै प्रकारको तंत्र शक्तिको नाश हुन्छ। यदि कुनै कन्याको विवाह भैरहेको छैन भने त्यस कन्याले बुधवारमा विवाहको कामनाले भगवान श्रीगणेशलाई मालपुवाको भोग लगाउदा शीघ्र उसका विवाह हुनेछ। यदि कुनै युवकको विवाहमा परेशानि आईरहेको छ भने त्यसले भगवान श्रीगणेशलाई पहेलो रंगको मिठाईको भोग लगाउदा उसको विवाह चाडै हुनेछ ।

गरौ यो उपाय

भगवान गणेशलाई घिउ र गुड़को भोग लगाउ। भोग लगाएपछि घिउ-गुड़ गाईलाई खुवाउ। यस्तो गर्दा घरमा धन व खुशहाली आउन्छ। यदि घरमा नकारात्मक शक्तिहरुको वास छ भने घरको मंदिरमा सेतो रंगको गणपतिको स्थापना गरुनु पर्दछ। यसले सभै प्रकारको नराम्रो शक्तिको नाश हुन्छ। बुध ग्रह खराब चलिरहेको छ भने कुनै मंदिरमा गएर हरियो मूंगको दान गरौ। यसले बुध ग्रहको दोष शांत हुन्छ। बुधवारको दिन बिहान स्नान गरेर गणेश जी को मंदिरमा उनलाई दुबोको ११ या ६ गांठ अर्पित गरौ। यस्तो गर्दा कार्यहरु चाडैनै शुभ फल मिलने थाल्नेछ।