इन्टरनेट सेंसेशन रानू मंडलको अफिसियल पहलो पुरा गित रिलिज, केहि मिनेट्मै लाखों व्यूज !(भिडियो)

मनोरञ्जन

एजेन्सि

इन्टरनेट सनसनी रानू मण्डल फेरि एकपटक सोशल मिडियामा छाएकी छिन । उनको पहिलो गीत ‘तेरी मेरी कहानी’ केहि समय पहिले यूट्यूबमा रिलीज भएको छ। गित रिलिज संगै फेरि एक पटक रानुको इन्टरनेटमा चर्चा चलेको छ ।

बलिउडका प्रख्यात संगीत निर्देशक हिमेश रेशमियाको साथ केही घण्टा अघि रिलीज भएको रानु मण्डल (हिमेश रेशमिया) को पहिलो गीतलाई मानिसहरूले धेरै मन पराइदिएका छन्।टिप्स द्वारा युट्यूबमा केहि घण्टा पहिले रिलिज गरिएको यस भिडियोलाई अहिले सम्म लाखौं पटक हेरिएको छ।

यो गित हिमेश रेशमियाको आगामी फिल्म ‘हप्पी हार्डी र हीर’ को हो। गीतको भिडियो एकदम राम्रो छ। यस भिडियोमा, बलिउड डेब्यू गायक रणु मण्डलको झलक पनि बीचमा देखाइेको छ।