शुक्रवार लक्ष्‍मीमाता र देवीको १८ पुत्रहरुको जाप मंत्रको महत्व

धर्म दर्शन फोटो फिचर

लक्ष्‍मीमाता को पूजा

शुक्रवारको दिन धन की देवी माता लक्ष्मीको बिषेश दिन हो। यस दिन तंत्र शास्त्रको अनुसार केहि साधारण तर अचुक उपाय गर्दा देवी आफ्नो भक्त माथि चाडैनै प्रसन्न हुन्छिन। त्यसैले शुक्रवारमा दक्षिणावर्ती शंखमा जल भरेर भगवान विष्णुलाइ अभिषेक गरौ।साथै पहेलो कपडामा पांच लक्ष्मी (पहेलो) कौड़ी र अलिकता केसर, चांदीको सिक्का संगै बाधेर धनको स्थानमा राखौ। केहि दिनमानै यसको प्रभाव देखिन थाल्नेछ। यस दिन ३ कुंवारी कन्यालाई घरमा बोलाएर खीर खुवाउ तथा पहेलो वस्त्र व दक्षिणा प्रदान गरौ। यि उपाय गर्दा माता लक्ष्मी चाडैनै प्रसन्न हुन्छिन। यसको अतिरिक्‍त शुक्रवारको दिन श्रीयंत्रलाई गाईको दूधले अभिषेक गरौ र अभिषेकको जल पुरै घरमा छर्कौ। अब श्रीयंत्रलाई कमलगट्टाको साथै धन स्थानमा राखौ, भनिन्छ यसो गर्दा यसले धन लाभ हुन्छ।

देवीको १८ पुत्रहरुको महत्व

यस दिन देवीलाइ प्रसन्‍न गरेर आर्शिवाद प्राप्‍त गर्नाका लागि सर्वोत्‍तम उपाय यो हो कि यस दिन माता लक्ष्मीका १८ पुत्राहरुको नामको जाप गर्नु। शास्‍त्र अनुसार भगवती लक्ष्मीका १८ पुत्रहरु छन्। शुक्रवारको दिन यिनिहरुको नामको आरंभमा र अंतमा ‘नम:’ लगायर जप गरेमा मनले चाहे जति धनको प्राप्ति हुन्छ ।

यि नाम भएका मंत्रहरु यस प्रकार छन

१- ॐ देवसखाय नम:

२- ॐ चिक्लीताय नम:

३- ॐ आनंदाय नम:

४- ॐ कर्दमाय नम:

५- ॐ श्रीप्रदाय नम:

६ – ॐ जातवेदाय नम:

७- ॐ अनुरागाय नम:

८- ॐ संवादाय नम:

९- ॐ विजयाय नम:

१०- ॐ वल्लभाय नम:

११- ॐ मदाय नम:

१२- ॐ हर्षाय नम:

१३- ॐ बलाय नम:

१४- ॐ तेजसे नम:

१५- ॐ दमकाय नम:

१६- ॐ सलिलाय नम:

१७- ॐ गुग्गुलाय नम:

१८- ॐ कुरूंटकाय नम: