संविधानले प्रेस स्वतन्त्रता र समावेशीता प्रत्याभूति गरेको छः राष्ट्रपति

समाचार

काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै मानवाधिकार, प्रेस स्वतन्त्रता र समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको  बताउनु भएकी छिन।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को उपलक्ष्यमा शुक्रबार दिनुभएको शुभकामना सन्देशमा तीन तहका सरकार सञ्चालनमा आएसँगै त्यसानुरूप संरचना संस्थागत र सुदृढ हुँदै गएको उहाँले पारेकी छिन।

संविधानमा सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनाअनुरुप समाजवादौन्मुख अर्थतन्त्रमा मुलुक अघि बढिरहेको सन्देशमा भनिएको छ ।

यस दिनले सबै नेपालीमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प मन, बचन र कर्मले समर्पित हुन प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानको मर्म, भावना र व्यवहारमा रुपान्तरण गर्न आफ्नो तर्फबाट इमान्दार प्रयास गर्न आग्रह गर्दै लामो सङ्घर्ष र प्रतिक्षापछि प्राप्त संविधानको कार्यान्वयनमार्फत् नागरिकको हित र मुलुकको समृद्धि हुने गरी कार्य गर्न सबैमा अनुरोध गरेकी छन् ।