चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक

मनोरञ्जन

‘छ माया छपक्कै’

चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक भएको छ ।बहुप्रतिक्षित फिल्म ‘छ माया छपक्कै’को शुक्रवार ट्रेलर रिलिज गरिएको हो ।

गाउँमा राजनीतिक पृष्ठभूमीमा हुर्किएको एक पुरुष र एक यूवतीको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, नायिकाद्धय केकी अधिकारी, सुपुष्पा भट्टको मुख्य भूमिका छ ।

चलचित्रको ट्रेलरमा एुटा सामान्य मानिस कसरी राजनीतिमा लाग्छ र नेता बन्छ भन्ने देखाउन खोजिएको छ । साथै, फरक राजनीतिक पृष्ठभूमी भएका केटा र केटीको प्रेम कथालाई चलचित्र देखाउन खोजेको वुझ्न सकिन्छ ।