नेकपा सचिवालय बैठक आज बस्दै

राजनीति समाचार

 काठमाडौंँ 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक शनिबार बस्ने भएको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्वस्थताका कारण बिहीबार स्थगित भएको बैठक शनिबार बस्न लागेको प्रचण्डको प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

शनिबार बस्ने बैठकमा प्रदेश २ को नेकपा देखिएको विवादमा छलफल गरिने बताइेको छ । साथै, बैठकले एकता प्रक्रियाका बाँकी रहेका कामको पनि टुङ्गो लगाइने पार्टीले जनाएको छ ।

पार्टीको लेखा आयोग, प्रवास कमिटी, अनुशासन आयोग लगायतका विभिन्न सङ्गठनको समायोजन तथा कार्यविभाजन गर्ने तयारी थियो ।