ब्रेकिङ न्युज: सभामुख कृष्णबहादुर महराद्वारा राजिनामा

फोटो फिचर राजनीति समाचार

सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिनुभएको छ ।  उहाँले प्रतिनिधिसभाका उपसभामुख शिबमायाँ तुम्बाहाम्फेलाई सम्बाेधान गर्दै बुझाउनु भएकाे राजिनामापत्र गाेरखापत्र अनलाइनलाइर् प्राप्त भएकाे छ ।

उहाँले स्वकीय सचिव मार्फत साे राजिनामा बुझाउनु भएकाे बताएकाे छ । प्रतिनिधिसभाकाे लेटर प्याडमा लेखिएकाे पत्रमा उल्लेख छ – हिजाेदेखि विभिन्न सञ्चार माध्यममा मेराे चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएकाे अराेप बारे सत्य तथ्य, निश्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहजहाेस् भनि नैतिकताका अाधारमा अाजकै मितिदेखि छानविन प्रक्रिया नसकिदा सम्मका लागि राजिनामा दिएकाे छु ।

संसद सचिवालयमा नै कार्यरत एक महिलाले सभामुख महराले आफूमाथि बलात्कारको प्रयास गरेको विषय सञ्चार माध्यम मार्फत सावर्जनिक भए पछि सो विषयमा अनुसन्धानमा सहजहोस भन्नका लागि राजिनामा दिनुभएको हो ।
यस अघि नेपाकको सचिवालय वैठकले सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनुपर्ने निर्णण गरेको थियो ।

मंगबलार प्रधानमन्त्री निवास बालुबाटरमा बसेको बैठकले उहाँमाथि लागेको आरोपका सन्दर्भमा सो निर्णय गरेको प्रवक्त नारायण काजी श्रेष्ठले बैठक पछि जानकारी गराउनुभएको थियो । अघि सञ्चार माध्यमहरूमा अरोपसम्बन्धी समाचार सार्वजनिक भए पछि सभामुख महराको सचिवालयले विज्ञप्तिमा उक्त आरोपको खण्डन गरेको थियो सभार: गोरखापत्र