सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा र सृस्‍टि श्रेष्ठको नया चलचित्र “पोई पर्यो काले” को ट्रेलर सार्बजनिक [भिडिओ]

फोटो फिचर मनोरञ्जन

‘पोई पर्यो काले’

चलचित्र ‘पोई पर्यो काले’ को ट्रेलर सार्वजनिक भएको छ । बहुप्रतिक्षित फिल्म ‘पोई पर्यो काले’ को आज मात्र ट्रेलर रिलिज गरिएको हो ।मानिष र उनीहरुको रङ र बर्ण लाई लिएर यो चलचित्र बनेको छ । चलचित्रमा कलाकार सौगात मल्ल, आकाश श्रेष्ठ , पूजा शर्मा, सृस्‍टि श्रेष्ठ, राजा राम पौडेल् को मुख्य भूमिका छ ।

चलचित्रको ट्रेलरमा एउटा सामान्य मानिसको अनुहारको रङ र उसको रुपले गर्दा उसले कसरि समाजमा हेपिनु परेको हुन्छ देखाउन खोजिएको छ । साथै युवा प्रेम कथालाई चलचित्रमा देखाउन खोजेको वुझ्न सकिन्छ ।

चलचित्र को कथा र निर्देशन शिशिर रानाको रहेको छ। चलचित्रमा संगित लाल बाहादुर खाती र अर्जुन पोख्रेलको रहेको छ। चलचित्र कार्तिक ८ मा रिलिज हुन गइरहेको छ।

ट्रेलर तल लिन्कमा हेर्नुहोस