भारतको मध्य प्रदेशमा महात्मा गांधीको शालिकमा राष्ट्रद्रोही लेखियो, साथै भस्म खरानी भएको कलश पनी चोरी

अन्तर्राष्ट्रिय फोटो फिचर समाचार

एजेन्सि

हिजो भारतका राष्ट्रपिता महात्मा गांधीको १५०वौ जयंती मनाईेको थियो। सम्पुर्ण भारतमा उक्त जयंतीलाई धुमधामका साथ मनाईरहेको बेला भारतको मध्य प्रदेशको रीवा भनिने ठाउमा महात्मा गांधीलाई लिएर एउटा नराम्रो घटना घटेको छ। केही सामाजिक अराजक तत्वहरु द्वारा महात्मा गांधीको प्रतिमामा ‘राष्ट्र द्रोही’ लेखेर मानिषहरुको भावनाहरुलाई ठेस पुगाउने कार्य भएको कुराको जानकारी रहेको छ। उक्त घटना संगै बापू भवनबाट महात्मा गांधीको भस्म खरानी भएको कलश पनी चोरि भएको खबरले सम्पुर्ण भारत र विश्व जगतमा हल्ला मचिएको छ।

भारतको कांग्रेस पार्टीले प्रहरी समक्ष किटानी दर्ज गरेको खबर रहेको छ। अर्को तिर प्रहरी द्वारा अज्ञात असामाजिक तत्वहरुका बिरुद्ध मुद्दा चलाएको छ र आरोपिहरुकोको खोजतलाश जारी राखेको छ।

जानकारीका अनुसार शताब्दी समारोह बर्ष स न १९७० मा महात्मा गांधीको भस्म भएको कलश रीवामा ल्याईेकोथियो र उक्त कलसलाई दर्शनका लागी ऐतिहासिक लक्ष्मण बागमा राखिएको थियो। पछी गएर उक्त ठाउमा बापू भवनको निर्माण गरिएको थियो।

महात्मा गांधीको प्रतिमामा लेखिएका अपसब्दहरु सम्बन्धी उजुरी पछि प्रहरी द्वारा ब्यापक रुपमा अनुसन्धान भइरहेको छ भने प्रहरी पनी यो कुराको अनुमान लगाउन सकीरहेको छैन कि उक्त भस्म भएको कलश कसले र कसरी चोरि गर्यो।