प्रताप दाशको नया गित – “झ्याम झ्याम” मा बिजु पार्की र कबिता नेपाली (भिडिओ)

फोटो फिचर मनोरञ्जन

काठमान्डौ

बिजु पार्की र कबिता नेपालीले अभिनय गरेको भिडिओ गित युटुबमा सार्बजनिक भएको छ। उक्त गितको बोल “माया झ्याम झ्याम” रहेको छ। उक्त गितमा प्रताप दाशको स्वर रहेको छ। गितको लय र भाका अलि लोक गित तिर ढल्किएको छ।

उक्त गितमा चर्चित डान्सिङ कलाकार कबिता नेपाली लाई फिचर्ड गरिएको छ भने उनलाई चर्चित डान्सर बिजु पार्कीले साथ दिएका छन। दुबै जनाको जोडी राम्रो र सुहाएको छ। गितको छायानंकन पनी राम्रो रहेको छ।

भिडिओ गितको टेक्निकल पक्षको कुरा गर्दा भिडिओ गितलाई निर्देशन र कोरियोग्रफी चर्चित डान्स ग्रुप वाईल्डरिपर्ज गरेका छन। संगित आशिश अभिरलको रहेको छ र शब्द एक नारायण भन्डारीको रहेको छ।

गित तलको लिन्कमा हेर्नुहोस