संहारका देवता शिवलाई कसरी गर्ने प्रशन्न !जानौ

धर्म दर्शन फोटो फिचर

संहारका  देवता शिव

जहां एक तर्फ भगवान शिवलाइ भोले नाथ भनिन्छ र संसारको रक्षक भनिन्छ। त्यहि उनलाइ संहारको देवता पनि मानिन्छ। भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुइटैका लागि विख्यात छन। अन्य देवहरु भन्दा शिवलाइ भिन्न मानिएको छ। सृष्टिको उत्पत्ति, स्थिति एवं संहारको अधिपति शिवनै हुन। त्रि देवमा भगवान शिव संहारको देवता मानिएको छ। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदि स्रोत हुन। उनको काल र महाकाल स्‍वरूप नै ज्योतिषशास्त्रको आधार हो। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ , तर उनले हमेशा लय एवं प्रलय दुइटै लाइ आफ्नो अधीनमा राखेका छन्।

पूजा विधि

सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरिर नुहाएर घरमा सम्भव नभए नजिकको शिव मन्दिर गाई शिव, माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्। यस पश्चात शिवलिङ्गमा चन्दन। चामल, बेलपत्र र धतुरोको फुल चढाउनुहोस्। यस पछि पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घिउ वा सक्खरको भोग लगाउनुहोस् र अन्तिममा धुप ,दिप बालेर आरती गर्नुहोस्।

शिवका यि नामको पनि गरौ स्‍मरण

सोमवारको दिन शिव जी को पूजा गर्दा उनको निम्‍नलिखित नामहरुको स्‍मरण गर्दा सांसारिक कष्‍ट र मानसिक तनाव बाट मुक्‍ति मिल्छ । यि नामहरु यस प्रकार छन। ऊं अघोराय नम:, ऊं शर्वाय नम:, ऊं विरूपाक्षाय नम:, ऊं विश्वरूपिणे नम:, ऊं त्र्यम्बकाय नम:, ऊं कपर्दिने नम:, ऊं भैरवाय नम:, ऊं शूलपाणये नम:, ऊं ईशानाय नम:, ऊं महेश्वराय नम: