टि–ट्वान्टी क्रिकेटमा नेदरल्याण्डमाथि नेपालको रोमाञ्चक जित

खेलकुद

काठमाडौँ 

ओमानमा जारी पाँच राष्ट्र सहभागि टि–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाई चार विकेटले पराजित गरेको छ।

ओमानको अल अंराट क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेदरल्याण्डले नेपालसामु १ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले टस जितेर फिल्डिङ रोजेको थियो।

पहिला ब्याटिंग गरेकोे नेदरल्याण्डले १९ ओभर २ बलमा अलाऔट हुँदै १ सय ३३ रन बनाएको थियो। नेदरल्याण्डले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रेको नेपालले पालले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि विस्फोटक ब्याटिङ गरेका करणले १४ बलमा १ चौका र ३ छक्कासहित अविजित ३१ रन बनाउन सफल भए।

त्यस्तै कप्तान पारस खड्काले सर्वा्धिक ३३ रन बनाएका थिए । बिनोद भण्डारीले २६ रन जोडे । नेदरल्यान्डका खेलाडी म्याक्सवेल प्याट्रिक ओ’ डोडले सर्वा्िधक ४३ रन बनाए ।

त्यस्तै कोलिन एकेर्मानले २९ तथा एण्टोनियस स्टलले २१ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट हात पारे । त्यस्तै करण केसीले ३ ओभर ३ बलमा १७ रन खर्चेर ४ विकेट लिए। ललित नारायण राजवंशीले १ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *