नेपालले पायो आयरल्याण्डबाट १ सय ४६ रनको चुनौती

खेलकुद

काठमाडौँ 

ओमानमा जारी पाँच राष्ट्र सहभागि टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत तेस्रो खेलमा आयरल्याण्डले नेपाललाई १ सय ४६ रनको चुनौती दिएको छ।

ओमानको अल अंराट क्रिकेट मैदानमा जारी खेलमा आयरल्याण्डले टस जितेर ब्याटिंग रोजेको थियो। पहिला ब्याटिंग गरेकोे उसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनायो।

खेलमा सन्दिप लामिछानेले पहिलो ओभरको चौथो बलमा आयरल्याण्डको पहिलो विकेट लिएर नेपालका लागि सुखद सुरुवात गरेको थिए । उनले आयरल्यान्डका केभिन ओब्रायनलाई ५ रनमा आउट गरेका थिए। आयरल्यान्डका ओपनर पाउल स्टर्लिङले सर्वाधिक ५९ रन बनाए। एन्ड्री बलबीनीले ३८ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले र अविनाश बोहराले समान २ विकेट पतन गरेका थिए। त्यस्तै करण केसी र ललित राजवंशीले समान एक विकेट लिएका थिए।