बिपिन कार्कीको बहु चर्चित चलचित्र “नाका” युटुबमा सार्बजनिक [भिडिओ]

फोटो फिचर भिडियो मनोरञ्जन

 

बिपिन कार्की – एउटा यस्तो नाम जसले सानो समएमा नै नेपाली चलचित्र क्षेत्रमा धेरै छिटो आफ्नो छाप छोड्न सफल भएको र जसको अभिनयलाई सारा चलचित्र क्षेत्र देखी सम्पूर्ण नेपालमा सराहना गरिएको छ। हुन त उनका धेरै चल्चित्रहरु छैनन तर जती छन त्यो सबै नै उनको अभियन देखाउनको लागि प्रयाप्त छन।

शायद हामी सबै लाई थाहा छ होला चलचित्रमा आउनु भन्दा पहिले बिपिन कार्की रङमन्चमा सक्रिए थिए र उनलाई रङमन्को संसारमा पनि धेरै रुचाइेको थियो। जब उनी चलचित्रको क्षेत्रमा आए उनले सारा नेपाल लाई अभिनएको एउटा छुट्टै रस देखाए जुन शायद नेपाली चल्चित्रको क्षेत्रमा थिएन।

 उनले काम गरेका धेरै चल्चित्र मध्ये  एउटा चलचित्र हो “नाका” जस्मा बिपिन कार्की को एक्दमै प्रिथक अभिनए छ। उक्त चलचित्रमा बिपिन सँग धेरै नाम चलेका कलाकार हरु पनि थिए जस्तै ; थिन्ले लह्मो, रोबीन तमाङ, शिव मुखिया, प्रकाश गन्दर्ब, सुजन थापा मगर, राम भजन कामत, अभिसेक सुबेदी र केशब राइ।

उक्त चलचित्रको संगीत रोहित शाक्यको थियो भने कथा र निर्देशन् अमित शाक्यको थियो। चल्चित्र मा गायक रोबीन तमाङ पनि एकदम फरक भूमिका थिए र उनी द्वारा नै गायीएको को चलचित्र को मुख्य गीत “मेरो नाका” भन्ने निकै नै चलेको थियो जस्मा रोबीन सँग युनिक पोएट भन्ने रयापरले साथ दिएका थिए। आज मात्र उनको बहु चर्चित चलचित्र नाका हाईलाईटस नेपाल को युटुब च्यानल बाट सार्बजनिक गरिएको छ।

चलचित्र तलको लिन्कमा हेर्नुहोला

भिडिओ को श्रोत : हाईलाईटस नेपाल को युटुब च्यानल