शनि देवको विशेष लाभका लागि गरौ यस्तो उपाय

धर्म दर्शन फोटो फिचर

शनिदेव

शास्‍त्रको अनुसार शनिदेव सूर्य देव र देवी छायाका पुत्र हुन। इनको जन्म ज्येष्ठ महिनाको अमावस्यामा भएको थियो । शुद्ध मन बाट प्रत्‍येक शनिवारको दिन व्रत राखदा शनि अत्‍यंत प्रसन्‍न हुन्छन्। यस्तो गर्ने ब्यक्ति माथि उनको कुपित दृष्‍टि पर्दैन। शनिको प्रभाव पनि खत्‍म हुन्छ।नव ग्रहहरुमा सातौ ग्रह मानिने शनिदेव संग मनुस्य सबै भन्दा ज्यादा डराउन्छन तर शनि कसैको अहित गर्दैनन। उनि ब्यक्तिहरुको कर्म अनुसार न्‍याय गर्छन। शायद त्यसैले उनलाई न्‍यायाधीश को रूपमा पनि जानिन्छन। शनिवारमा शनिदेवको पूजा गर्दा व्यक्ति माथिको साढ़ेसाती र ढैया समाप्‍त हुन्छ। यसको अलावा कुंडलीमा भएको कमजोर शनिको प्रभाव पनि नाश हुन्छ।

विशेष लाभका लागि गरौ यो उपाय

यसदिन केहि खास उपाय पनि गर्न सकिन्छ । जस्तो सूर्योदय भन्दा पहिला शरीरमा तेल मालिश गरेर स्नान गरौ। यस दिन ब्रह्मचर्यको पालन गर्दा लाभ मिल्छ। कुनै पनि यात्र नगरौ । गाइ र कुकुरलाइ तेलमा बनेको चीजहरु खिलाउ यसले विशेष लाभ हुन्छ। यस दिन शनि मंदिरमा शनिदेवको साथै हनुमान जी को दर्शन गर्नु शुभ हुन्छ। शनिदेवको आखामा हेर्नु हुदैन र प्रयास गरौ कि शनिवारको दिन सूर्य देवको पूजा नगरौ।

शनि पुजामा ध्यान दिनुपर्ने  कुरा

हरेक शनिवार मंदिरमा तोरिको तेलको दियो जलाउ। ध्यान राखौ कि यो दियो उनको मूर्तिको अगाडि नभएर मंदिरमा राखेको उनको शिलाको अगाडि जलाउ ।

यदि आस-पास शनि मंदिर नभएमा पीपलको रुखको अघि तेलको दियो जलाउं। यदि त्यो पनि नभए तोरिको तेल गरीबलाई दान गरौ।

शनिदेवलाई तेलको साथै तिल, कालो दाल या कुनै कालो वस्तु पनि भेंट गरौ।

भेंट पश्चात शनि मंत्र या फिर शनि चालीसाको जाप गरौ।

शनि पूजा पश्चात हनुमान जी को पूजा गरौ। उनको मूर्तिमा सिन्दूर लगाउ र केला अर्पित गरौ।

शनिदेवको पूजामा यस मंत्रको जाप गरौ: ॐ प्रां प्रीं प्रौं स: शनैश्चराय नम: