घट्यो सुनको मूल्य

अर्थ

काठमाडौं

साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । आईतबार एक तोला छापावाल सुन ७१ हजार दुई सयमा कारोबार भैरहेकोमा सोमबार छापावाला सुनको मूल्यमा गिरावट आएको हो ।

सोमबार ७१ हजार सुनको कारोबार भैरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ७१ हजार तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला र तेजावी सुनमा प्रतितोला दुई सयले गिरावट आएको हो ।

सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भैइरहेको छ । बिहिबारदेखिनै चादीको मूल्य स्थिर रहेको छ ।