एमसीसीविरुद्ध नेपालको ५ विकेटको जीत

खेलकुद

काठमाडौं

नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट टिमविरुद्ध नेपालको राष्ट्रिय टिमले शानदार जीत निकालेको छ । नेपालले एमसीसीलाई  ५ विकेटले पराजित गरेको हो ।

एमसीसीले दिएको २०२ रनको लक्ष्य पच्छ्याएको नेपालले ३७.३ ओभरमै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको छ । नेपालको लागि विनोद भण्डारीले अविजित ५२ रन बनाए । उनले छक्का हान्दै नेपालको जीत सुनिश्चित गरेका थिए । पवन सर्रफ ले ३८ रन बनाए । यस्तै शरद भेषवकरले २४, दिपेन्द्र सिंह ऐरीले २३, आरिफ शेखले २३, कप्तान ज्ञानेन्द्र मल्लले १० र इशान पाण्डेले ४ रन बनाए ।

यसअघि मेरिलेबोन क्रिकेट क्लवलाई  नेपालले २०१ रनमै रोकेको थियो । ओपनरले बलियो साझेदारी गरे पनि पछिल्ला क्रमका ब्याट्सम्यान चल्न नसकेपछि एमसीसी ३९ ओभरमै अलआउट भएको थियो ।एमसीसीकालागि गोडलेम्यानले ५२ रन बनाए ।नेपालका लागि ललित राजवंशी र पवन शर्राफले ४–४ विकेट लिए । करण केसी र अविनाश बोहोराले १–१ विकेट लिएका थिए ।