हनुमान साधनाका नियम र बिधि

धर्म दर्शन फोटो फिचर

हनुमान साधनाको नियम

यो साचो हो कि हनुमान जी क्रोध नगर्ने र सहज प्रसन्न हुने देवता हुन, परंतु उनको साधना गर्नु भन्दा पहिले केही नियमको बारेमा अवश्य जानौ। बिना यि नियमहरुको पालन गरी हनुमानजि को पुजा गर्दा तपाई हनुमान जी लाई प्रसन्न त गर्न सक्नु हुदैन साथसाथै उहालाई क्रोधित पनि गर्नु हुनेछ ।

१- पूजन को समय अवश्य ब्रह्मचर्यको पालन गरौ।

२- सेवा भावना राखौ र क्रोध र अहंकार बाट दूर रहौ।

३- हनुमान जी लाइ घिउको लड्डूको प्रसाद चढ़ाउ।

४- तामसिक भोजनको परित्याग गरौ।

५- मंगलवारको दिन हनुमान जी को व्रतमा नुन सेवन न गरौ।

हनुमान साधनामा ध्यान राख्नु पर्ने कुरा

हनुमान जी को पूजा गर्नेले केहि कुराको विशेष ध्यान राखेमा उहालाइ प्रसन्न गर्न सकिन्छ।

१- हनुमान जी लाई श्री राम संग अत्यंत प्रेम छ त्यसैले तुलसीदास उहा लाई धेरै प्रिय थिए। राम नामको स्मरण गर्दा तुलसीलाई हनुमान सजिलै प्राप्त भएका थिए। अत: रामायणको पाठ नित्य गरौ र पूजाको समय बार-बार न बदलौ।

२- हनुमान चालीसामा तुलसीदासले पनि भनेका छन की राम रसायन तुम्हरे पासा, यहां राम रसायन राम नामको जापलाई नै भनिएको छ त्यसैले यसलाइ स्मरण गरी तपाई पनि हनुमान जी को प्रिय बन बन्नुहुनेछ।

३- हनुमान चालीसाको पाठ गरे पनि पवन पुत्र प्रसन्न हुनुहुन्छ त्यसैले दैनिक यसको ११ पटक पाठ गर्दा उनको आर्शिवाद अवश्य मिल्नेछ।

यसरि गरौ पूजा

मंगलवारको व्रतका लागि बिहान स्‍नान गरेर ईशान कोण यानि उत्तर-पूर्व दिशामा कुनै स्‍वच्‍छ स्थानमा हनुमान जी को मूर्ति स्थापित गरौ। यस मूर्तिको अघि घीउको दीपक जलाउ, चमेलीको तेल लाई चर्किउ र रातो या पहेलो रंगको फूलको माला चढाउ।

त्यस पछि हनुमान चालीसाको पाठ गरेर सभैलाई प्रसाद बाटौ र पुरै दिनमा मात्र एक पटक भोजन गरौ। रातमा पनि एक पटक फेरि हनुमान जी को पूजा गरौ या दीपक जलाएर प्रणाम गरौ। यस दिन हुनुमान जि लाई सिंदूरी रंगको कपडा चढाउ र दान गरौ।