युनिक पोएट को फरक रयाप “साधना-गड अफ नेपहप” साथ मा अनिश तिवारी , यम बुद्ध लाई समर्पण [भिडिओ]

फोटो फिचर मनोरञ्जन

“साधना – गड अफ नेपहप”

बर्तमान समय मा नेपाली सांगितिक क्षेत्रमा धेरै नया प्रतिभा हरुको आगमन भएको छ र त्यस्तै नया कलाकार हरु मध्येका हाल सबै भन्दा चर्चामा रहेका नेपालको रयाप संगितको क्षेत्रमा तहलका मचाईरहेका गायक युनिक पोएटको बारेमा त सबै ले सुन्नु भएको छ होला। उनको प्रतिभालाई देखेर हाल देश र बिदेशमा उनको धेरै प्रशंसा हुदै आएको छ। तिनै युनिक पोएट द्वारा गायिएको नया गित “साधना – गड अफ नेपहप” केही दिन अघी मात्र युटुबमा सार्बजनिक भएको छ। उक्त रयाप गित अहिले सम्म कै फरक बन्न पुगेकोछ जस्मा युनिक ले बाशुरी को धुन सङ रयाप लाई फ्युजन गरेकाछन। उन्लाई बाशुरी मा अनिश तिवारी ले साथ दिएकाछन।

“साधना – गड अफ नेपहप” गितमा युनिक पोएटको स्वर रहेको छ। उक्त गितको रचना युनिक पोएट आफैले गरेका छन। उक्त गितलाई युनिक पोएटले चर्चित रप्यार “यम बुद्ध” लाई समर्पण गरेका छन। गित लाई धेरै राम्रो तरिकाले छायान्कन गरिएको छ।

गितको टेक्निकल पक्षको कुरा गर्दा यस गितको निर्देशन डम्ब डाईरेक्टर को रहेको छ। गितमा संगित अल्बट्रसको रहेको छ। गितको रचना युनिक पोएटले गरेका छन भने भिडिओ गित को निर्माण लेन्स ईन्टरटेन्मेन्टसले गरेका छन।

हाल सम्म उक्त भिडिओलाई ७५,८९० दर्शक हरुले हेरि सकेका छन र आशा गरौ की आउदा दिन हरुमा उक्त गित लाई अझ धेरै हेरिने छ।

भिडिओ गित तल को लिन्कमा हेर्नुहोस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *