सुनको मूल्य फेरि घट्यो

अर्थ

 काठमाडौ 

आइतबारबाट ओरालो लागेको सुनको मूल्य मंगलबार पनि ओरोलो लाग्नेक्रममै छ । सोमबार तोलामा २ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।

आज तेजावी सुन तोलाको ७० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार चाँदी तोलाको ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।