नेपथ्य द्वारा आफ्नो नया भिडिओ गित “शिरमा रिबन” सार्बजनिक [भिडिओ]

फोटो फिचर मनोरञ्जन

“शिरमा रिबन”

नेपालको सर्बाधिक मन पराईएको लोक-पप सांगितिक समुह नेपथ्यले केही दिनअघि मात्र आफ्नो युटुब च्यानलमा एउटा नया गितको भिडिओ सार्बजनिक् गरेको छ। शिरमा रिबन बोलको गितमा अम्रित गुरुङ आफ्नैको स्वर रहेको छ।

उक्त गितको भिडिओको बिबरणमा नेपथ्यले गितको बारेमा केही कुराहरु लेखेको छ जसमा भनिएको छ “यो गीत लमजुङ तिरकी एक चेलीले रैथाने भाका हालेर कुनै समय सुनाएको विरह वेदनामा आधारित छ । यो गीतमा गण्डकी क्षेत्रतिरको प्रभाव भेटिन्छ । यस्तै भाका लमजुङ, कास्की, स्याङजा र गुरुङ बसोबासका अन्य क्षेत्रतिर प्रचलनमा छन् ।”

उक्त गित लाई नेपथ्य द्वारा रचना गर्नुको साथै संगिक पनी ब्यान्ड आफ्नैको रहेको छ। गितमा लोकभाकाको राम्रो स्वाद देखिन्छ र फेरि एकचोटी नेपथ्यले नेपालको मौलिक्ता झल्किने गित श्रोता माझ ल्यौन सफल् भएको छ।

गितको भिडिओ तलको लिन्कमा हेर्नुहोस