विघ्नहर्ता श्री गणेश जि को यो बिधिले गरौ स्मरण

धर्म दर्शन

विघ्नहर्ता श्री गणेश

 हिंदु मान्यताआको अनुसार श्रीगणेशको आर्शिवादले जीवनको सबै कार्य संभव हुन्छ। त्यसैले उनलाइ विघ्नहर्ता भनिन्छ, जसले तपाईको सबै दु:खहरुलाई नाश गर्नु हुन्छ। इनै श्री गणेशलाइ प्रसन्न गर्नका लागि विनायक या विनायकी चतुर्थी र संकष्टी गणेश चतुर्थीको व्रत गरिन्छ। हिन्दु पंचांगमा प्रत्येक चन्द्र मासमा दुइटा चतुर्थी हुन्छ, र हिन्दु धर्मग्रन्थहरुको अनुसार चतुर्थी तिथि लाइ भगवान गणेशको तिथि मानिएको छ।

पूजा बिधि

बिहान स्नान गरे पश्चात तांबको पात्रमा गणेश जी को मूर्ति स्थापित गर्नुहोस्। पात्रलाइ राम्रो संग साफ गर्नुहोस् र पूजाको समय मुख पूर्व दिशामा राख्नुहोस। सफा आसनमा बस्नुहोस् र भगवान गणेशलाई फूल, धूप, दीप, कपूर, चंदन ले पूजा गरौ। गणपतिको पूजामा दुबो अर्पित गर्न न भुलौ यो अत्‍यंत शुभ मानिन्छ। पूजा पूर्ण गरेर गणेशलाई मोदकको भोग लगाउ। अंतमा भगवानको ध्यान गर्दै यो मंत्र को १०८ चोटि मनमा जाप गरौ ॐ गणपतये नमः

दिन भरि व्रत राखे पछि बेलुका पनि पूजा अवश्य गर्नु पर्दछ।। यो दिन भागवत महापुराणको पाठ गर्नु पनि शुभ मानिन्छ। बुधवारको पूजामा हरियो रंगको अत्‍यंत महत्‍व हुन्छ यो दिन हरियो रंग को फल, फूल और वस्त्र बस्त्र दान गर्नु शुभ मानिन्छ। बुधवारको व्रतमा नुन् खान वर्जित हुन्छ। दिनमा एक पल्ट मात्र भोजन गरौ र दही, मूंगको दालको हलवा या कोई पनि हरियो वस्तुले बनेको चीज खानुपर्छ।