सुनको भाउ निरन्तर ओरालो लाग्दै

अर्थ

काठमाडौ 

साताको चौथो दिन बुधबार समेत सुनको मूल्य ओरालो लाग्ने क्रम रोकिएन । साताको आइतबारबाट ओरालो लाग्न सुनको मूल्य बुधबार आईपुग्दा सुनको मूल्य झनै ओरालो लागेको छ ।

छापावाल सुन मंगलबार प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेकोमा बु्धबार घटेर ७० हजार दुई सयमा कारोबार भैरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।

मंगलबारको भन्दा बुधवार छापावाल सुनमा प्रतितोला छ सय रुपैयाले घटेको हो । बुधवार तेजावी सुन तोलाको ६९ हजार नौ सयमा कारोबार भैरहेको छ । मंगलवार तेजावी सुन ७० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको थियो ।

चाँदीको मूल्य समेत ओरालो लाग्ने क्रम रोकिएको छैन । मंगलबार चाँदी तोलाको आठ सय ६५ रुपैयाँमा कारोबार भैरहेकोमा बुधबार घटेर आठ सय ४५ मा कारोबार भैरहेको महासंघले जनाएको छ ।