सुनको मूल्यमा आज बृद्धि

अर्थ

काठमाडौं

साताको पाँचौ दिन बिहिबार सुनको मूल्यमा बृद्धि भएको छ । आईतबारबाट निरन्तर ओरालो लागेको सुनको मुल्य बिहिबार पुन उकालो लागेको हो ।

बिहिबार छापावाल प्रतितोला ७० हजार छ सयमा कारोबार भैरहेको छ । त्यस्तै तेजाबी सुन ७० हजार तीन सयमा कारोबार भैरहेको छ । बुधवार छापावाल सुन प्रतितोला ७० हजार दुई सय, तेजावी सुन तोलाको ६९ हजार नौ सयमा कारोबार भएको थियो ।

बिहिबार आठ सय ५० रुपैयामा कारोबार भैरहेको छ । बुधबार चादी प्रतितोला आठ सय ४५ मा कारोबार भैरहेको थियो ।