प्रधानमन्त्रीद्वारा मौजुदा मन्त्रिमण्डल पुनर्गठन को को भए मन्त्रि (सूचीसहित)

समाचार

काठमाडौं 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले ६ मन्त्री र दुई राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । यस्तै ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयले बुधबार साँझ नै प्रधानमन्त्रीको सिफारिसमा राष्टपतिले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जानकारी दिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार बिहीबार विहान सपथग्रहण हुनेछ ।

राष्ट्रपति कार्यालयले बुधबार अबेर नयाँ नियुक्त मन्त्रीहरुको नामावाली सार्वजनिक गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, खानेपानी मन्त्री बिना मगर, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, पर्यटनमन्त्री योगेश भट्टराई, गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री इस्तियाक राई, अर्थमन्त्री र ऊर्जामन्त्री वर्षमान पुन यथावत रहेका छन्।

यस्तै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानूनमा र कानुमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयमा ल्याइेको छ। प्रधानमन्त्री ओलीले कृषिमन्त्री चक्रपाणी खनाल, श्रम रोजगार मन्त्री गोकर्ण विष्ट, महिला बालबालिकामन्त्री थममाया थापा, उद्योग वाणिज्यमन्त्री मातृका यादवलाई पदमुक्त गरेका छन्।

को को भए नयाँ मन्त्री ?

प्रधानमन्त्री ओलीले बुधबार नै नेकपा सांसदहरू बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादवलाई मन्त्री नियुक्त गरेका छन् । नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दीएको छ । भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र पार्वत गुरुङमहिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री बने । रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री बनेका छन् ।

राज्यमन्त्रीमा तीन जना

यस्तै माेती दुगड, नवराज राउत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् । उद्योगपति दुगडलाई उद्योग, राउतलाई स्वास्थ्य र रामवीरलाई सहरी विकासको जिम्मेवारी दीएको छ । उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत छ ।

यस्तै वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमिव्यवस्थामन्त्री पद्मा अर्याल, सहरी विकासमन्त्री मो। इस्तियाक राइ यादव, खानेपानीमन्त्री विना मगर र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा पनि यथावत जिम्मेवारी छन् ।