नयाँ मन्त्रीको सपथ ग्रहण ११ बजे

समाचार

काठमाडौं 

नवनियुक्त मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको शपथ गराइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउने तय भएको जानकारी दिएका छन ।

प्रधानमन्त्री केपी ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल गरेका छन्। संविधानको धारा ७६ को उपधारा (९) बमोजिम उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस गरेका हुन्। त्यसानुसार राष्ट्रपतिले नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन्।

नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव छन् ।