ट्याक्सी चढेर घर फर्किए निवर्तमान मन्त्री गोकर्ण विष्ट

समाचार

काठमाडौं 

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर घरतर्फ गएका छन् । नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिन गएका निवर्तमान मन्त्री विष्ट त्यहाँबाट ट्याक्सी चढेर आफ्नो घर सामाखुशीतर्फ फर्किएका हुन् ।विष्टले मन्त्री हुँदा लिएको गाडी बिहीबार विहानै फिर्ता गरेका थिए ।

बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्दा ऐतिहासिक काम गर्ने मन्त्री विष्ट भने बर्खास्त भएका थिए। उनले विहिबार बिहान अन्तीम पत्रकार सम्मेलन राख्दै निकै भावुक वक्तव्य दिएका थिए।

सम्मेलनमा बोल्दै उनले आफूले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिक र बेरोजगार युवाको पक्षमा इमान्दारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको उल्लेख गरेका थिए।