उच्च अदालत पुगे महरा

समाचार

काठमाडौं

सभामुख कृष्णबहादुर महराले थुनामा पठाउने आदेशविरुद्ध निवेदन दर्ता गराएका छन् ।जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्न माग गर्दै महराले उच्च अदालत, पाटनमा निवेदन दर्ता गराएका हुन् ।

महराका कानुन व्यसायी मुरारी सापकोटाले सो कुराको जानकारी दिएका छन।संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदाताल काठमाडौंले कात्तिक १८ गते पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

एक तह मुनीको अदालतले गरेको आदेश विरुद्ध पुनरावालोकनका लागि एक तह माथिको अदालतमा आवेदन गर्न पाउनु कानुनी व्यबस्था छ। उनि अहिले डिल्लीबजार कारागारमा छन ।