करातेमा अनुपमाले र उसुमा दिपकले स्वर्ण जिते

खेलकुद

काठमाडौं 

१३औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले अर्को स्वर्ण जितेको छ । बुधबार दीपक हमालले थाउलोमा स्वर्ण जितेका हुन् ।

उनले १९.३२ अंक जोडेका थिए भने भारतका साजन लामाले १९.१२ अंकका साथ रजत पदक जितेका छन् ।हमालले पहिलो सागमा नै स्वर्ण जितेका हुन् ।

त्यस्तै कराते खेलाडी अनुपमाले मगर १३औ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी छन् । बुधबार ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले पाकिस्तानी खेलाडीलाई ६-३ को सेटमा पराजित गरिन् ।

मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान २ स्वर्ण थप्दै स्वर्ण पदकको खातामा २५ पुर्‍याएको छ ।