साइक्लिङमा नेपालले जित्याे दुई स्वर्ण ,नेपालको स्वर्ण संख्या २७ पुग्यो

खेलकुद

काठमाडौं 

१३औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङ डाउनहिलमा नेपालले दुई स्वर्ण जितेको छ । बुधबार भएको प्रतिस्पर्धामा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन्।

यससँगै नपालको कुल स्वर्ण पदक संख्या २७ पुगेको छ । बुधबार गोकर्णमा भएको प्रतिस्पर्धामा नेपालले पुरुष तर्फ शिर्ष तीन स्थान हात पारेकाे छ । यस विधाकाे दोस्रो स्थान पनि नेपालले नै हात पारेकाे छ ।

नेपालका निरभ श्रेष्ठले पुरुषतर्फ र महिलातर्फ जमुना थापाले रजत पदक हात पारेका हुन् ।