सक्षम कार्कीको तेक्वान्दोमा स्वर्ण संगै सागमा नेपालको सय स्वर्ण पुरा

खेलकुद

काठमाडौं 

१३औ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अर्को स्वर्ण पदक जितेको छ। तेक्वान्दो खेलाडी सक्षम कार्कीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका हुन् ।यो संगै नेपाल लेदक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बुधबार १०० स्वर्ण पूरा गरेको छ ।

स्वर्ण जितेपछि देशको झण्डा फर्फराउन पाउँदा छुट्टै खुसी मिलेको उनले सुनाए । ‘सिल्भर ३ पटक भैसेकेका थियो । २०१६ मा (स्वर्ण जित्न) चुकेको थिएँ’, स्वर्ण जितेपछि निकै हर्षित मुद्रामा देखिएका कार्कीले भने, यो मेरो पहिलो गोल्ड हो ।’

बाह्रौं सागसम्म ७१ स्वर्ण जितेको नेपालले तेह्रौं सागमा ५० स्वर्ण जित्ने लक्ष्य लिएको छ । स्वर्णमा शतक पदक प्राप्त गर्न भने नेपाललाई २९ पदकको कमी थियो । सक्षमले पाकिस्तानका शाहलाई हराएर ऐतिहासिक पदक आफ्नो नाममा गराउन सफल भएका हुन।