चलचित्र ‘आमा’ को मार्मिक ट्रेलर सार्बजनिक

मनोरञ्जन

काठमाडौं

नेपाली कथानक चलचित्र ‘आमा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा चलचित्र युनिट र सञ्चारकर्मीको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो।ट्रेलरका दृश्यले दर्शकको मन छुन्छ। मिथिलाको अभिनय मार्मीक लाग्छ।

चलचित्रलाई ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। कथासंगै छायांकन पनि दीपेन्द्र स्वयंमको रहेको चलचित्रमा मिथिला, सुरक्षाका अलावा सरिता गिरी, मनिष निरौला, आशान्त शर्मा, देशभक्त खनाल लगायतको अभिनय छ।