वेष्टइन्डिज विरुद्ध भारतलाई श्रृखंला

खेलकुद

एजेन्सी 

भारतले वेष्टैन्डिज विरुद्धको तीन म्याचको एकदिवसिय श्रृखंला २–१ ले जितेको छ । तेस्रो तथा अन्तिम अन्तर्‍ाष्ट्रिय एकदिवसिय खेलमा अलराउण्डर रबिन्दर जडेजा र कप्तान विराट कोहलीले उत्कृष्ट पारी खेलेपछि उसले श्रृखंला आफ्नो पक्षमा पारेको हो ।

वेष्टैन्डिजले प्रस्तुत गरेको ३१६ रनको उच्च लक्ष्य पछ्याउँदै भारतले खेल सकिन ८ बल बाँकी छँदै मात्र ६ विकेटको क्षतिमा पुरा गर्यो । जितका लागि ६७ बलमा ८८ रन आवश्यक रहेको स्थितिमा भारत दबाबमा आएको थियो ।

भारतको योगफल २२८ रनमा पाँच विकेट गुमाएको अवस्थाबाट कप्तान कोहली र जडेजाले संयमित पारी खेल्दै जित नजिक पुर्याए । तर जितका लागि तीन ओभरमा ३० रन आवश्यक रहदा कप्तान कोहली ८५ रन बनाएर पेभेलियन फर्किए ।

भारतीय पारीमा एक मात्र परिचित ब्याट्सम्यान रबिन्दर जडेजा क्रिजमा थिए । तर संयमित पारी खेल्दै श्रद्धुल ठाकुरले जडेजासँगै भारतलाई जितसम्म डोरए । ४८औं ओभरमा शेल्डन कोट्रेललाई ठाकुरले छक्का र चौका लगाउँदै १५ रन बटुलेपछि भारत रोमाञ्चक खेलमा सहज अवस्थामा पुगेको थियो । किमो पौलको ४९औं ओभरमा जितका लागि सात रन आवश्यक रहँदा रबिन्दर जडेजाले उक्त रन पुरा गर्दै भारतलाई जित दिलाए ।जडेजाले ३१ बलमा अविजित ३९ रनको योगदान दिए । ठाकुर सात बलमा १७ रन बनाए ।

यसअघि ओपनर रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटका लागि १२२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिनुभएको थियो । रोहितले ६३ तथा राहुलले ७७ रनको योगदान दिए । मध्यक्रममा ऋषभ पन्त, श्रेयास ऐयर र केदार जाधव सस्तोमै पेभेलियन फर्किदा भारत दबाबमा आएको थियो । वेष्टैन्डिजका लागि किमो पौलले सर्वाधिक तीन तथा शेल्डन कोट्रेल, जैसन होल्डर र अल्जारी जोसेफले एक एक विकेट लिए।

कोहली खेलको म्यान अफ द् म्याच तथा रोहित शर्मा म्यान अफ द् सेरिज घोषित भए । श्रृखंलाको पहिलो खेल वेष्टैन्डिजले जितेको थियो भने दोस्रो र तेस्रो खेल भारतले जितेको हो ।