‘छक्का पन्जा ४’ बन्ने, आउँदो दशैंमा रिलिज हुने

मनोरञ्जन
  • 1
    Share

काठमान्डौ

‘छक्का पन्जा ३’पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र उनको टिमले फेरि ‘छक्का पन्जा’कै सिरिजलाई निरन्तरता दिने भएको छ ।

वि.सं २०७७ सालको दशैंको फूलपातिमा रिलिज गर्नेगरि चलचित्र ‘छक्का पन्जा ४’को घोषणा गरिएको छ । चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले ‘छक्का पन्जा ४’ निर्माण गर्न लागेको पुष्टी गरे ।

आउदो वर्षको दशैंको फूलपातिमा रिलिज गर्नेगरि चलचित्र ‘छक्का पन्जा ४’को निर्माण घोषणा गरिएको छ। निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले अहिले चलचित्रको कथामा काम भैरहेको जनकारी दिए। ‘‘छक्का पञ्जा ३’ जहाँबाट सकियो त्यहीबाट ‘छक्का पञ्जा ४’को कथा सुरु हुनेछ’ दीपकराजले भने।

चलचित्रलाई दीपाश्री निरौलाले नै निर्देशन गर्नेछिन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपालको अभिनय रहने पक्का छ । दीपकका अनुसार, नायिका पनि केही समयमा नै फाइनल हुनेछिन् ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *