चर्चित टेलिभिजन कलाकार कुशल पंजावीले गरे आत्महत्या

मनोरञ्जन

एजेन्सि

टेलिभिजन कलाकार कुशल पंजावीको निधन भएको छ । मुम्बैइको वाली हिलमा रहेको आफ्नै घरमा उनी मृत भेटिएका थिए । मुम्बैइ प्रहरीले उनले आत्महत्या गरेको बताएको छ । भारतीय मिडियाका अनुसार उनले पंखामा झुन्डिएर आत्महत्या गरेका हुन् ।

कुशलको शबसँगै भेटिएको सुसाइड नोटमा आफ्नो नाममा रहेको सारा सम्पति छोरा, बहिनी र आमा–बुबाको नाममा गरिदिएका छन् । कुशलले अंग्रेजीमा सुसाइड नोट लेखेका छन्, जहाँ उनको ५० प्रतिशत सम्पति बुबा–आमा र बहिनीले बराबरी बाँड्न र बाँकी ५० प्रतिशत सम्पति तीन वर्षीय छोरालाई दिनु’ भनेर उल्लेख गरिएको छ ।

पञ्जावीले नोभेम्वर २०१५ मा युरोपियन गर्लफ्रेण्ड औ्ड्रे डोल्हेनसँग विवाह गरेका थिए । विहेपछि उनीहरुको जीवनमा केही समस्याहरु उत्पन्न भैरहेको थियो, जसको कारण कुशलले सुसाइड गरेको आशंका गरिएको छ । जानकारी अनुसार कुशल केही समय अघिदेखि डिप्रेशनमा थिए । उनको तीन वर्षीय छोरा छन्, कियन ।

कुशलले आफ्नो करिअरमा ३० भन्दा बढी टेलिसिरियलमा काम गरिसकेका छन् । उनले ‘सीआइडी, लव म्यारिज, देखो मगर प्यार से, कोई हे, फियर फ्याक्टर, कभी हां कभी ना’ जस्ता सफल टेलिभिजन कार्यक्रममा अभिनय गरेका छन् ।