नेपाली कांग्रेसको महाधिवेशन अर्काे फागुन ७ देखि १० सम्म

राजनीति समाचार
  • 1
    Share

काठमाडौं

नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ सालको फागुन ७ देखि १० गतेसम्म हुने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले कांग्रेसको कार्यकाल २०७६ फागुन १९ गते सकिने भएकाले एक वर्ष थप्ने निर्णय गरेको जानकारी केन्द्रीय सदस्य बहादुरसिंह लामाले दिए  । यसैगरी, जिल्ला र प्रदेशको अधिवेशन केन्द्रीय अधिवेशन हुनु दुई महिना अगाडि नै सक्नुपर्ने छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने अनुपस्थित रहेका थिए । सहमति जुटाउन शुक्रबार पाँच घण्टासम्म बसेको कार्यदलको बैठकमा कुनै सहमति नभएपछि संस्थापन पक्षले सो निर्णय गरेको हो । बैठकमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि अनुपस्थित थिए ।

बैठकले विभागको संख्या थप्नुका साथै नेपाल तरुण दलको कार्यकाल छ महिना थप गर्ने निर्णय पनि गरेको छ । पौडेल समूह यसअघिका बैठकमा पनि अनुपस्थित रहदै आएका छन । केन्द्रीय कार्य समितिमा संस्थापन पक्षसँग स्पष्ट बहुमत रहेको छ ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *