गायिका आशा भोस्लेको नेपाली गीतमा झुमे दर्शक

मनोरञ्जन
  • 1
    Share

काठमाडौं 

भारतीय चर्चित गायिका आशा भोस्लेले काठमाडौंको सोल्टी होटलमा नेपाली दर्शकहरुलाई झुमाएकी छन् । ८० हिउँद र बर्षा पार गरेकी भोस्लेको आवाजले नेपाली संगीत प्रेमीलाई मोहित तुल्याइ रहेको थियो । मन्दमुग्द थिए नेपाली दर्शकहरु जव भोस्लेले प्रस्तुति दीरहेकी थीइन्।

साङ्गीतिक कार्यक्रममा दर्शकहरु खचाखच भरिएका थिए । कुर्सी भरिएपछि केही दर्शकहरु उभिएरै भए पनि कार्यक्रमको अवलोकन गरेका थिए ।साधना कला केन्द्रको आयोजनामा गरिएको सो कार्यक्रममा रञ्जित गजमेरले सङ्गीत गरेका गीतहरु घन्किए ।

भोस्लेले पनि गजमेरको सङ्गीतमा केही नेपाली गीतमा स्वर दिनुभएको छ । किन बढ्दैछ ढुकढुकी मुटुको, आगे आगे तोपकै गोला, डाँडा खोलाबगर, झझल्को लिएर आएछ, माइतीघर, मोहनी लाग्ला है लगायतका गीत प्रस्तुत गरिन ।मोहनी लाग्ला है गीतमा गायक रामकृष्ण ढकालले भोस्लेलाई साथ दिए ।

करीब २० मिनेट गीत गाउँदा दर्शकदीर्घाबाट पटक–पटक तालीको गडगडाहट बर्सियो । दर्शकको समर्थन र हौसलाबाट उनि उत्साहित देखिन्थीन। ८६ वर्षीया गायिका भोस्लेले अहिले पनि उस्तै गरी गीत गाएको देख्दा दर्शक अचम्मित भए । उनले हरे कृष्ण हरे राम बोलको हिन्दी गीत पनि गाईन ।

भोस्लेले नेपालमा आउदा पाएको सम्मान स्मरणयोग्य रहेको बताईन । उनले गजमेरलाई पटक–पटक कान्छा भनेर बोलाउँदा गजमेर निकै खुशी देखिन्थिए । उनले नेपाली अतिथिको सम्मान र सत्कारमा सधैँ अघि रहने गरेको बताईन ।

कार्यक्रममा इन्द्रजीत मिजार, भारती घिमिरे, दीप श्रेष्ठले पनि प्रस्तुति दिए । अन्य थुप्रै कलाकारले रञ्जित सङ्गीत र उहाँकी पत्नी कुशुम गजमेरका शब्दमा रहेका गीतहरु गाए । हल गुञ्जयमान बनिरह्यो ।

हेर न हेर कान्छा, चिसो–चिसो हावामा, सुन भनन, पहाडको माथिमाथि, वीरताको चिनो, टाढा भैनदेऊ फेरि, तिमी मेरो म तिम्रो, भनिदेऊ आज, यो बाटो कहाँ जाने हो, पिरतीको मिठो तिर्सना, लहनाले, पिएको त, साउने झरीमा, यो मुटुलाई, दिलमा फोटो छ लगायतका गीत विभिन्न कलाकारहरुले प्रस्तुत गरेका थिए ।

 


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *