सभापति देउवाले पार्टीलाई धरापमा पारेको आरोप

राजनीति समाचार
  • 2
    Shares

काठमाडौं

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका तीन शीर्ष नेताले केन्द्रीय कार्यसमितिले शुक्रबार गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै सभापतिले पार्टीलाई धरापमा पारेको आरोप लगाएका छन ।

सभापति शेरबहादुर देउवासहितका बहुमत सदस्यहरुको बैठकले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुका साथै विभागको संख्या २८ बाट बढाएर ४७ पुराउने निर्णय गरेको थियो ।

केन्द्रीय समितिको बैठकमा नगएर असन्तुष्टि जनाउँदै आएको पौडेल समूहले शनिबार महाराजगन्जस्थित महामन्त्री डा. शशांक कोइरलाको निवासमा जम्मा भएका पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाको आलोचना गरे ।

वरिष्ठ नेता पौडेलले १४ औं महाधिवेशन कार्यतालिका र विधान मिचेर गरिएको विभाग गठन निर्णय नमान्ने चेतावनी पनि दिए । नेता पौडेलले भने, “पार्टीलाई धरापमा पारियो, हामीसँग जति भए पनि समय थियो । २०७७ मंसिर ४ र ५ गतेतिर महाधिवेशन गराउनुपर्छ भन्ने हाम्रो माग थियो, तर २०७७ को पल्ला छेउमा लगेर महाधिवेशनको मिति तोकियो । यो नै डरलाग्दो कुरा हो ।”

यसैगरी, महामन्त्री डा. कोइरालाले पनि सभापति देउवाको निर्णय कदमको विरोध गरे । कांग्रेस एकताबद्ध भएर अगाडि बढे मात्रै जनताले मुलुक सञ्चालनको पालो दिने छन् भन्दै ‘यदि गुट र उपगुट बनाउने हो भने जनताले हामीलाई पत्याउँदैनन् भने । उनले सभापति देउवासँग छलफल भैरहेको बेलामा बैठकको निर्णय सार्वजनिक हुन ठीक भएन भन्दै आपत्ति प्रकट गरे ।

महामन्त्री कोइरालाले सभापति देउवाको निर्णयले कांग्रेसको अस्तित्व खतरामा पार्ने काम भएको आरोप पनि लगाए । पूर्व महामन्त्री प्रकाशमान सिंहले अन्तिम समयमा म्याद थपौँ भन्ने कुरा ठीक नभएको भन्दै सभापति देउवाको कदमको विरोध गरे । बेला बेलामा सभापति देउवाप्रति कडा भनाइ राख्दै  आएका सिंहले कार्यसमितिले गरेको निर्णय ‘लोकतान्त्रिक पार्टीभित्रको अलोकतान्त्रिक कदम’ भएको टिप्पणी गरे ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *