सिरियाको इद्लिबमा हवाई आक्रमण, सात जनाको मृत्यु

अन्तर्राष्ट्रिय
  • 1
    Share

इदलिब, सिरिया

सिरियाको इद्लिब प्रान्तमा रुसाअवद्ध सेनाले हवाइ आक्रमण गरेको छ । आक्रमणमा परी कम्तीमा सात जना सर्वसाधारण मारिएका सोमबार बिहान प्राप्त समाचारमा जनाइेको छ । मारिएका सर्वसाधारणमा केही बालबालिका पनि परेका मानवाधिकारवादी संघसंस्थाहरुले जानकारी दिएका छन् ।

‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले उक्त इद्लिब क्षेत्रमा केही समय यतादेखि हिंसात्मक हमला नभएकोमा सोमबार यस प्रकारको हमला भएको जनाएको छ । उक्त आक्रमण सोमबार बिहानबाट निरन्तर रहेको बताइेको छ । अधिकारीहरुले यस हवाई आक्रमण रुसाअवद्ध रहेको सेनाले गरेको हुन सक्ने अनुमान गरिएको पनि प्राप्त समाचारमा जनाइेको छ ।

सिरियाली सरकारको सहयोगमा रुसमा विद्रोहीलाई लक्ष्यगरी रुसी सेनाले विभिन्न प्रान्तमा गर्दै आएको हवाई आक्रमणहरुमा बारम्बार सर्वसाधारणको मृत्यु भएको पाइन्छ । सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनाअन्दोलनमा शुरु भएको थियो । सो जनाअन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

वर्षौँदेखि जारी गृह युद्धका क्रममा सिरियामा हालसम्म तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । गृहयुद्धबाट लाखौँ व्यक्ति घाइते भएका बताइेको छ । त्यसैगरी हिंसामा परी दशौँ लाख व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् ।एजेन्सि


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *