गायक निशान भट्टराईको कार दुर्घटनामा निधन

समाचार

काठमाडौं

गायक निशान भट्टराइको गए राती कार दुर्घटनामा निधन भएको छ । दरवारमार्गबाट आफ्नो निवास फर्कने क्रममा उहाँको कार तीनकुनेमा पोलमा ठोकिएर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका गायक भट्टराइलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको र चिकित्सकले उहाँलाई मृत घोषित गरेको संगीतकार मिलन मोत्तानले आफ्नो फेसबुमा लेखेका छन ।

दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएकाे थियाे । जसमा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो ।