एघार छाउगोठ भत्काइयो

समाचार
  • 3
    Shares

कञ्चनपुर

शुक्लाफाँटा नगरपालिकाले छाउगोठ भत्काउने अभियान सञ्चालनमा ल्याएको छ। सोमबारदेखि सञ्चालनमा ल्याइेको सो अभियानको शुरुआतको दिन ११ वटा छाउगोठ भत्काइेको नगरपालिकाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले वडा नं ४ आशापुरबाट अभियानको शुरुवात गर्दै छाउपडी हटाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासैनी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक वीरबहादुर साहुले अभियानलाई निरन्तता दीने जानकारी दए।

अभियानमा कालिका युवा क्लबमा आबद्ध युवाको अभियानमा सहभागिता रहेको थियो।रासस


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *