बसमा युवतीमाथि अश्लिल हर्कत गर्ने युवा सार्वजनिक ,यस कारण गरेका थिए यस्तो हर्कत

समाचार

काठमान्डौ

एक वर्षअघि सार्वजनिक बसकाे पछिल्लाे सिटमा बसेर युवतीमाथि अश्लील हर्कत गर्ने युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बसभित्रै हस्तमैथुन गरेर युवतीकाे कपालमा वीर्य फालिएकाे भिडियाे बनाउने ती युवकलाइ चितवनबाट पक्राउ गरिएकाे हाे ।

भरतपुर महानगरपालिका विकास चोकका २१ वर्षीय रविन सार्की भनिने रविन रूचाललाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो । उनका च्याटहरु अनुसन्धान गर्दै जाँदा उनले नै बसमा अश्लील क्रियाकलाप गरेर भिडियाे अपलोड गरेको देखिएको प्रहरीले जनाएकाे छ ।

काठमाडौंमा रिक्सा चालकका रुपमा काम गरेका रविनले पैसाका लागि बसमा हस्तमैथुन गरेको भिडियाे बनाएर अपलोड गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनले सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर यस्तै अश्लील भिडियोहहरु अपलोड गर्ने र भ्यूअरको आधारमा पैसा कमाउने सोचले यस्ताे हर्कत गरेकाे बयान दिएका छन् ।

तर भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा धेरैले आलोचना गरे र, उनी २०१९ फेब्रुअरीमा भागेर भारतको दिल्ली पुगेका थिए । त्यहाँ करिव ३ महिना मःम प्याक्ट्रीमा काम गरेका उनी कश्मीर पुगे । त्यहाँ पनि करिव ४ महिना बसेका उनी चितवन फर्किएका थिए ।

गत साल कार्तिकमा उनले हस्तमैथुन गरेर काठमाडाैँकै एक सार्वजनिक बसमा यात्रा गरिरहेकी युवतीको कपालमा आफ्नो वीर्यपतन गरेकाे भिडियाे बनाएका थिए । साे भिडियाे सामाजिक सञ्जालमा भाइरल बनेपछि यसले प्रहरीलाइ नै हैरान बनाएकाे थियाे । त्यसपछि प्रहरीले सूक्ष्म अनुसन्धान थालेकाे थियाे ।