चिनमा सडकको खाल्डोमा बस छिर्दा छ जनाको मृत्यु

अन्तर्राष्ट्रिय

एजेन्सी

चीनियाँ सडकको खाल्डोमा बस दुर्घटना हुँदा कम्तिमा छ जनाको मृत्यु भएको छ । मध्य चीनको सडकबीचमा रहेको खाल्डोले बससँगै पैदल यात्रुलाई निलेको बीबीसीले जनाएको छ ।

छिन्हाइ प्रान्ताको राजधानी सिनिङस्थित एक अस्पताल बाहिर रहेको खाल्डोमा पैदल यात्रुसँगै बस छिर्दा कम्तिमा छ जनाको मृत्यु र १६ जना घाइते भएका हुन् ।

सीसीटीभी फुटेजमा देखाइे अनुसार सोमबार साँझ बस र नजिक उभिएका ब्यक्ति भित्र खसे लगत्तै विष्फोट भएको थियो । बिगत् केही वर्ष यता चीनियाँ सडकमा खाल्डो बन्नु नियमित भएको बीबीसीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *